Kollywood

‘सारथी’मा निरुता सिंहको गम्भीर अवतार, मंसिर ११ मा प्रदर्शन

अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार..

‘पाँच पाण्डव’मा डल्बी एट्मसको धमाका, दर्शकले पाउनेछन् नयाँ अनुभव

काठमाडौं । मल्टी-स्टारकाष्टका कारण चर्चा र प्रतिक्षमा रहेको चलचित्र ‘पाँच पाण्डव’को स्वरकन सुरु गरिएको छ..

३० फिटको पोस्टरमा उपासना–बिक्कीको यस्तो केमेस्ट्री

काठमाडौं। गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु चलचित्र हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् । सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ । चलचित्रलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ । ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ । चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् । चलचित्रको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन् । चलचित्रको औपचारिक घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन् । उनले यो आफ्नो दोस्रो निर्देशकीय चलचित्र भएको बताउँदै यसअघि निर्देशन गरेको ‘ककाकिकी’ पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् । ‘डियर काव्या’का लागि पनि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो । कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा चलचित्रमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन् । चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन् । डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उहाँहरूले आफूलाई विश्वास गरेर चलचित्रमा लिएको बताए । त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले ‘डियर काव्या’का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् । निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ । चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ ।..

‘पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, अब सानोदेखि ठूलासम्म सबैले हेर्न पाउने

काठमाडौँ । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त..

‘मास्टर्नी’ले देखायो बलियो संकेत, क्राइम थ्रिलरमा दर्शकको साथ

भदौ ५ गते शुक्रबारबाट चलचित्र  ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको..

दिदीभाइको यस्तो कथा, ‘पार्वती’को ट्रेलर हेर्दा आँसु रोक्न गाह्रो

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ।..

‘आशा’को छायांकन सकियो, इन्डक्ल्यापमै प्राविधिकलाई ५१ हजार सहयोग

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ ।..

सिरियल ‘जुनी’को टिजरले मच्चायो तहल्का, मदनकृष्णको हातबाट स्रष्टा सम्मान

सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले..

‘एक्का तीन’मा पूजा र कविताको खतरनाक टकराव !

एक्का तीन’मा देखियो पूजा र कविताको टकरावभदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’को..

सौरभ चौधरीले बनाउँदैछन् एक्सनको साम्राज्य द राइज अफ साम्राज्यमाविजय बराल विजय बरालको इन्ट्री

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । निर्देशक सौरभ..