यमन ग्लोबल म्युजिक अवार्ड्समा अभिनेता पल शाह र हेयर डिजाइनर जुरी ठाकुर सम्मानित भएका छन्। फिल्म ‘मोहोर’ बाट पल शाहले सर्वोत्कृष्ट अभिनेता र जुरी ठाकुरले सर्वोत्कृष्ट हेयर डिजाइनरको अवार्ड प्राप्त गरेका हुन्। एउटै समारोहमा आफूले काम गर्दै आएका अभिनेता पल शाहसँगै अवार्ड प्राप्त गरेपछि जुरी ठाकुरले खुसी व्यक्त गरेका छन्। अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यमन ग्लोबल म्युजिक अवार्ड्सप्रति आभार व्यक्त गरेका छन्। पल शाह र जुरी ठाकुरबीचको सम्बन्ध व्यावसायिक सहकार्यमा मात्र सीमित छैन। उनीहरू लामो समयदेखि नजिक रहेर काम गर्दै आएका छन्।

उनीहरूको सम्बन्ध दाजु– भाईको जस्तो आत्मीय रहेको छ । जुरी पल शाहका विश्वासिला पात्रका रूपमा पनि परिचित छन्। पल शाहले गर्ने म्युजिक भिडियोदेखि चलचित्रसम्म जुरी ठाकुर प्रायः पलसँगै देखिन्छिन्। पलको सार्वजनिक उपस्थितिदेखि फिल्म तथा म्युजिक भिडियोका लागि आवश्यक लुक्स र हेयर डिजाइनमा समेत जुरीले नै गर्दै आएका छन् । जुरीलाई नजिकबाट साथ दिने व्यक्तिका रूपमा पनि हेरिन्छ। फिल्म ‘मोहोर’मा पनि पल शाहको चरित्र र लुक्सलाई प्रभावकारी बनाउन जुरी ठाकुरको भूमिका रहेको छ।

कलाकारको चरित्रअनुसार हेयर स्टाइल तथा समग्र लुक्स तयार पार्नु उनको ठुलो जिम्मेवारी पनि हो । पर्दामा कलाकारको चरित्रलाई विश्वसनीय बनाउन हेयर डिजाइन तथा लुक्सले महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुरीको योगदानलाई पनि अवार्डमार्फत सम्मान गरिएको हो। विशेष कुरा के छ भने, आफूले लामो समयदेखि सहकार्य गर्दै आएको पल शाहसँगै एउटै अवार्ड समारोहमा सम्मानित हुन पाउँदा जुरीका लागि यो क्षण थप विशेष बनेको छ। पर्दामा पलको अभिनय र पर्दापछाडि जुरीको लुक्स तथा हेयर डिजाइनको सहकार्यले उनीहरूको व्यावसायिक सम्बन्धलाई पनि देखाउँछ। यमन ग्लोबल म्युजिक अवार्ड्समा विभिन्न विधामा कलाकार तथा मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही क्रममा ‘मोहोर’सँग जोडिएका पल शाह र जुरी ठाकुरले आ–आफ्नो विधामा अवार्ड प्राप्त गरेका हुन्।

For More videos Log on to Mazzako TV