नीति र प्रभात–राजश्रीको प्रेममा मुकुन र ऋचाको यस्तो बबाल खेल !
काठमाडौं,०६ भदौ ।
‘जदौ’ फिल्मको टिजर शनिबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल हाइटेक इन्टरटेन्मेन्टमार्फत दर्शकमाझ ल्याइएको करिव एक मिनेट लामो टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद प्रस्तुत गरिएको छ ।अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले सबै बर्गका दर्शकलाई आकर्षित गर्ने देखिन्छ । टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभाष गराएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

असोज ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने ‘जदौ’ लाई अन्तरजातीय प्रेमजोडीको सामाजीक कथाका रुपमा बताइदै आइएको छ । नेपाली समाजमा ब्यप्त जातसम्बन्धी बिभेदकारी ब्यबहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालीएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताएका छन् । लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाड्ल पुर्न मननीय सन्देश उजागर गरिएको उल्लेख गरेका छन् ।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन,ऋचा,नीति,प्रभातपाल,राजश्रीका साथमा विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा,रोहित कार्की,स्वस्तिका चौधरीलगायतको अभिनय छ ।
प्रीति कौर,बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी,रचना रिमाल,किरण गजमेर र बाबुल गिरीको स्वर रहेको ‘जदौं’ का गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।








