
पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा..
चलचित्रको घोषणा भयो, छायांकन सुरु भयो र अन्तिम चरणमा पनि पुग्यो । तर, निर्माण पक्षले..
चैत्रको २७ गतेबाट रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २०..
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। यो फिल्मको सोमबार..
पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री..
यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ..
रिलिजको नजिक पुगेको चलचित्र ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा चलचित्र युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले चलचित्रप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन।उक्त महोत्सवमा गायक तथा चलचित्रका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै चलचित्रका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए। कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले चलचित्रको हिट गीत ‘ढुंगामाथी लेउ’ को बेजोड सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिएत्यस्तै, कलाकार गौडेलले आफ्नो परिचित कमेडी शैलीमा चलचित्रको प्रचार गर्दै माहोल तताएका थिए भने सोही अवसरमा चलचित्रको टिजर समेत प्रदर्शन गरिएको थियो।विविध कार्यव्यस्तताका कारण प्रमुख दुई कलाकारहरू विजय बराल र वर्षा राउत भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन।यद्यपि, चलचित्रले तय गरेका आगामी देशव्यापी प्रचारप्रसारका कार्यक्रमहरुमा भने बराल र राउत दुवैको उपस्थिति रहने निर्मणपक्षले जनाएको छ। प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन। यस चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताको रूपमा रहेका छन। चलचित्रको प्राविधिक पक्ष पनि निकै बलियो छ। यसमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको चलचित्रका गीतहरूको भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन। बहुप्रतिक्षित यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।..
फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा..
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण..
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘नाँच्छु रोधी घरैमा’ बोलको गीत ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीको छ । संगीत दिनेकाम दिपक शर्माले गरेका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् । भिडियोको सुरुवातमा राजेश र करिश्माको सम्वाद पनि राखिएको छ । खिम बहादुर थापा निर्माता रहेको यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् । कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडियोहरु निर्देशन गर्ने गर्छन् । उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक पाण्डेका अनुसार यो भिडियो गएको निर्वाचन भन्दा अगाडी खिचिएको थियो र अहिले सार्वजनिक गरिएको हो । यस्तै ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय गराएर देवेन्द्रले नै एक म्युजिक भिडियो बनाएका थिए ।..