उपाधि जितेर फर्किएका फुटबल खेलाडीलाई भव्य स्वागत
काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।
मैदानबाहिरको चलखेलले नेपाली फुटबलको बदनाम भइरहेको बेला यो सफलता दिलाउने खेलाडीहरुको स्वागतका लागि सन् १९९८४ को साफ गेम्समा स्वर्ण जितेका कृष्ण थापा, १९९३ को साफ गेम्समा च्याम्पियन भएका कप्तान राजुकाजी शाक्य र मणि शाहसहित पुराना खेलाडी, एयरपोर्टमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत एयरपोर्ट पुगेका थिए ।
विमानस्थलमा समर्थकहरुको भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे-हम्मे परेको थियो । कडा सुरक्षा घेरामा निलो ट्रकमा राखेर खेलाडी र प्रशिक्षकहरुलाई नगर परिक्रमा गराइएको छ । दशरथ रंगशालामा खेलाडीहरुको सम्मानमा विशेष कार्यक्रम गरिएको छ ।








