नाटक ‘४ ला ४’ मञ्चन हुने
नाटक ‘४ ला ४’ मञ्चन हुने भएको छ । भिडा इभेन्ट्सको आयोजनामा सानेपास्थित इडेनमा नाटक मञ्चन हुन लागेको हो । सुगम दुलालको लेखन तथा निर्देशन रहेको नाटकमा संसारको अन्तिम दिनको एउटा अनौठो परिस्थितिलाई प्रस्तुत गरिएको छ । एउटा अस्पतालमा भेटिएका चार अपरिचित मानिसको कथा समेटिएको नाटकले संसार सकिन लागेको अवस्थामा मानिसले डराउने, रुने वा जिन्दगीकै रमाइलो दिन मनाउने भन्ने प्रश्न उठाउँछ ।

हाँसो, व्यङ्ग्य, अराजकता र अप्रत्याशित मोडले भरिएको नाटकले ‘यदि भोलि छैन भने आज किन नबाँच्ने?’ भन्ने सन्देश दिन खोजेको छ । नाटकको कृयटिभ निर्देशन कर्भिका पोखरेलले गरेकी छिन् भने कोरियोग्राफी विकास श्रेष्ठको रहेको छ । नाटक बिहीबार र शुक्रबार साँझ ५ः३० बजे तथा शनिबार दिउँसो ४ः३० र साँझ ६ बजे मञ्चन हुनेछ । त्यसैगरी आइतबार साँझ ७ बजे नाटक मञ्चन गरिने आयोजकले जनाएको छ ।
For More videos Log on to Mazzako TV







