बङ्गबन्धु गोल्ड कप : बहराइन विरुद्ध नेपालको एक गोल
काठममाडौँ । बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको नेपाली टोलीले आज खेलको पाँच मिनेटभित्र एक गोल गरेको छ ।
बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले बहराइनलाई एक गोल प्रहार गरेको हो । नेपालका खेलाडी विमल घर्तीमगरले खेलको चौथो मिनेटमा गोल गरेका हुन् । विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई उनले सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
करिब १७ वर्षको अन्तरालमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनलमा पुगेको हो ।
For More videos Log on to Mazzako TV







