१६ बर्षे नेपाली किशोरले राखे गितार बजाएर विश्वरेकर्ड (भिडियो सहित)
मज्जाको अनलाईन, कार्तिक १४ गते शनिवार, २०७२, काठमाण्डौं ।
सम्पुर्ण नेपालीहरुको लागि खुशीको खबर छ । नेपाली युवा निर्वाण विष्टले संसारै अहिलेसम्म सबैभन्दा छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन्। उनलाई विश्वकीर्तिमानसम्बन्धी बेलायती संस्था रेकर्ड होल्डर्स रिपब्लिकले सार्वधिक गतिमा गितार बजाएर रेकर्ड कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ।
१६ वर्षीय निर्वाणले १६ सय बिट्स प्रतिमिनेट गितार बजाएर विश्वरेकर्ड कायम गरेका हुन्। यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड तोडेका हुन्। उनी भारतको मसुरीस्थित सेन्ट जर्जेज कलेजमा कक्षा १० मा अध्ययनरत छन् ।

कक्षा ६ सम्म काठमाडौंको चाँदबाग स्कुलमा अध्ययन गरेका निर्वाण सानैदेखि गितार बजाउन रुचि राख्थे। काठमाडौं हात्तीगौंडाका निर्वाण अध्ययनका क्रममा मसुरीमा पुगेपछि संगीत शिक्षक नवीन जोनसँग नजिकिएपछि संगीतप्रति अझ आकर्षित भएका हुन् ।
For More videos Log on to Mazzako TV








