नीताले श्रीमद्भगवद् गीता निर्माण गर्दै, अर्जुन र कृष्ण को ?
अभिनेत्री नीता ढुंगानाले धार्मिक सिरिज निर्माण गर्ने भएकी छिन् । नीता फिल्मस्को ब्यानरमा दोश्रो प्रस्तुतिको रुपमा श्रीमद्भगवद् गीता सिरिज निर्माण गर्ने भएकी हुन् । उनले फेसबुकमा पोस्ट गर्दै उक्त कुराका जानकारी दिएकी हुन् । नीताले यसअघि आफ्नो ब्यानरबाट गणेश भजन निर्माण गरेकी थिइन् । नेपालमा पहिलो पटक निर्माण गरिने श्रीमद्भगवद् गीता सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पार्ट मात्र समाबेश हुने नीताले बताइन् ।

गीतामा रहेका ७०० श्लोकबाट श्रीमद्भगवद् गीता सिरिज निर्माण गर्न लागेको नीताको भनाई छ । उक्त धार्मिक सिरिजमा ४ जना क्यारेक्टर कृष्ण, अर्जुन, संजय र धृतराष्ट्र रहने छन् । कृष्ण, अर्जुन लगायत अन्य कलाकार को को रहने छन् ? भन्ने हाम्रो प्रश्नमा नीता भन्छिन् ‘धेरै जना कलाकारहरुसंग कुरा भैरहेको छ केही दिनमा सार्वजजिक गर्नेछौ ।’
निर्देशक पनि केहि दिनमा फाइनल गर्ने नीताले बताइन् । श्रीमद्भगवद् गीता सिरिज कुनै राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुनेछ भने युटुबमा पनि रिलिज गरिनेछ ।

निकै ठुलो बजेटमा निर्माण गरिने भनिएको सिरिजको लागि भव्य सेट निर्माण गरेर छायाँकन गरिने बुझिएको छ ।