गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। प्रेमभाव र रोमान्टिक प्रस्तुतिमा तयार पारिएको गीतमा कमल खत्री र गायिका शोभा अधिकारीको स्वर सुन्न सकिन्छ।

शालु श्रेष्ठको शब्द रहेको गीतमा कमल खत्रीकै संगीत छ भने विजेश्वर तन्डुकारले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ राजेश तन्डुकारले गरेका हुन्।

गीतको भिडियोमा करन सुनार र साहार बसेल फिचर्ड छन्। किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दुवै कलाकारको आकर्षक नृत्य प्रस्तुत गरिएको छ। नृत्य र कोरियोग्राफीले भिडियोको प्रस्तुतिलाई थप आकर्षक बनाएको छ।

भिडियोमा पवन सुस्लिङको छायांकन, सम्पादन तथा कलरिङ रहेको छ। छायांकन तथा सम्पादनमा प्रवेश खत्रीले पवनलाई साथ दिएका छन्।

गीत ‘यो आँखामा’ ले कमल खत्रीको सांगीतिक यात्रामा अर्को नयाँ प्रस्तुति थपेको छ।

For More videos Log on to Mazzako TV