नेपाली लोक गीत संगीतकी सफल गायिका बिष्णु माझिको नयाँ गीत  ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ।  राजन राज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा बिष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन्। गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज रहेको छ।

यो गीत केहि बर्ष अगाडी सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो।  गीतको पुरानो भर्सनमा बिष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका छन्।

गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ।  भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना बिश्वकर्मा फिचर रहेका छन्। पवन सुस्लिङ्गले छायांकन र सम्पादन भिडियोमा रहेको छ।  गज्जवको टिभीबाट भिडियो रिलिज भएको छ।

For More videos Log on to Mazzako TV