मोहन क्षितिज र बिनुसा राइको स्वरमा सजिएको नयाँ गीत ‘यो ज्यान ले त्यो ज्यानलाई’ सार्वजनिक भएको छ।
गीतका शब्द रमेश कोइरालाले लेखेका हुन् भने संगीत र एरेन्ज मनोज चौलागाईंको रहेको छ।प्रेमिल भावनालाई समेटिएको यो गीतको छायांकन भारतका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ।

भिडियोमा कलाकार नरेश कुमार र बिनु शर्माको आकर्षक रोमान्टिक अवतार देख्न सकिन्छ, जसले गीतलाई थप जीवन्त बनाएको छ।गीतको सिनेमेटोग्राफी नविन गिरी, सम्पादन राजेश कुमार, र निर्देशन स्वयं नरेश कुमारले गरेका हुन्।सार्वजनिक गीतलाई रमेश कोइरालाको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

For More videos Log on to Mazzako TV