शिव भक्तिको भाव अभिव्यक्ति प्रस्तुत गर्दै शंकर साउगातले नयाँ शिव भजन ‘कैलाशबासी भोलेनाथ’ सार्वजनिक गरेका छन्। यो भजनलाई चर्चित सर्जक शंकर अधिकारी घायलको निर्देशनमा तयार पारिएको हो।

भजनमा नित्यशिवा र शंकर साउगातको सुमधुर स्वरले संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ। गीतका शब्द तथा सङ्गीत पनि स्वयं शंकर अधिकारी घायलले तयार पारेका हुन्। संगीत संयोजन बुद्ध स्याङ्बाले गरेका छन् भने गीत ड्रिम्स स्टुडियो, अनामनगरमा दिल समर्पणले रेकर्ड गरेका हुन्।

गीतको मिक्सिङ र मास्टरिङ प्रकाश केसीले गरेका छन्। भिडियो पक्षमा उमेश शाहको छायांकन, राजेश कुमारको सम्पादन र मदन न्यौपानेको मेकअप रहेको छ। नृत्य संयोजन राजन महर्जनले गरेका छन् भने भिडियो निर्माण भिडियो बैंकले गरेको हो।

भजनमा नित्यशिवा र शंकर साउगातको दमदार अभिनय देख्न सकिन्छ। शिव भजन ‘कैलाशबासी भोलेनाथ’ आध्यात्मिकता, कला र समर्पणको उत्कृष्ट समागम बनेको छ।

For More videos Log on to Mazzako TV