चर्चित गीतकार तथा निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा तयार भएको नयाँ गीत ‘मस्त जवानी’ सार्वजनिक भएको छ। बोलमा झैँ जोश र जवानीले भरिएको यस म्युजिक भिडियोमा अभिनेता शंकर सौगात र मोडल निहारिका थापाको आकर्षक अभिनय देख्न सकिन्छ।

गीतमा नित्याशिवा, शंकर सौगातप्रमोद डि.जी. को स्वर रहेको छ भने शब्द स्वयं निर्देशक शंकर अधिकारी घायलले लेखेका हुन्। संगीत घायल कृष्णको रहेको यस गीतको एरेञ्जमेन्ट मदन के.सी.ले गरेका छन्।

अनामनगरस्थित स्टुडियो २१ मा रेकर्ड गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका हुन्। भिडियोलाई राजेश कुमारले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने छायांकन चक्र बहादुर बरालले गरेका छन्।

नृत्य निर्देशनमा अनिल शाही छन् र मेकअपको जिम्मा मदन न्यौपानेले सम्हालेका छन्। भिडियोलाई भिडियो बैंकले निर्माण गरेको हो।

गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ उत्साहजनक प्रतिक्रिया आइरहेको छ। निर्देशक घायलले यसपटक नयाँ पुस्ताको जवानी, जोश र मस्तीलाई कलात्मक ढंगमा प्रस्तुत गर्न खोजिएको बताएका छन्।

For More videos Log on to Mazzako TV