निर्मला घिमिरे निरूको नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज
निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो। सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् । सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ ।

सागर संसारले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो । भिडियोमा झरना रिसाल तथा रमेश चन्दको अभिनय रहेको छ । शिव ढकालको छायाँकन गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका हुन् । रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोमा रुमेश कटवाल कार्यकारी निर्माता रहेका छन् ।