झापाको शिवसताक्षी नगरपालिका-८, झिलझिलेमा समाजसेवी सांस्कृतिक तथा साङगीतिक मिनी मेलाको दोस्रो संस्करण असोज २४ गतेदेखि सुरु हुने भएको छ।  कार्तिक ३ गतेसम्म चल्ने मेलामा दसैँलक्षित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने समाजसेवी क्लबका सल्लाहकार सुरज रिङलुङ्ग राईले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

मेला विभिन्न राष्ट्रिय र स्थानीय संगीत ब्यान्डहरूको प्रस्तुति हुनेछन्। पहिलो दिन असोज २४ गते एएस ब्यान्ड, २५ गते लिजाड ब्यान्ड, २६ गते डब्लुई ब्यान्ड, २८ गते बादल लिम्बु र नुमा राई लगायतका ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन्। साथमा, हाउजी बिंगो तम्बोला खेलसमेत खेलाइनेछ।

मेलाबाट संकलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र स्टेशनरी सामग्री वितरण गरिने उनले बताए। यसपटक पनि सामाजिक सेवा गर्ने लक्ष्यका साथ मेला लगाउन लागिएको अध्यक्ष मिलन सुब्बाले बताए। कार्यक्रम संयोजक प्रताप खापुङले मेलाको तयारी तीव्र गतिमा भइरहेको बताए। मेला २४ गते बेलुका प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ।

For More videos Log on to Mazzako TV