मेकअप कलाको जगतमा छाउँदै गरेको नाम हो निजन राई । करिब एक दशक लामो करियरमा राईले नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो अमिट छाप छोडेकी छन् । रियलिटी शोहरू देखि संगीत भिडियोसम्म उनको मेकअप ब्रसहरुले विभिन्न कलाकारहरुको अनुहारमा चमक ल्याएको छ ।


प्रारम्भिक शुरुवात र शिक्षा निजनको यात्रा २०१२ बाट भएको हो । जब उनी एक मेकअप स्टुडियोमा भर्ना भइन्, रंगहरू, आकृतिहरू, र सृजनात्मकताप्रतिको आकर्षणले उनलाई मेकअप कलाको क्षेत्रमा ल्यायो ।

त्यसपछि उनले दुई वर्षमा आफ्नो कला कौशलहरु लाई निखार्दै अघि बढिन् । फाउण्डेशन ब्लेन्डिङ, आईशैडो लागाउने, र कन्टोरिङ तकनिकीहरू सिक्दै आज यहाँ सम्म आईपुगेकी छन् ।


रियलिटी शोको ग्लामर
निजन राईको ठूलो ब्रेक २०१४ मा पाइन् । उनले नेपाल आइडल सिजन २ को मेकअप कलाकारको उनि अनुबन्धित भइन् । प्रतिस्पर्धीहरूको विशेषता बढाउँदै गर्दा उनको मेकअप कौसलले कार्यक्रम हेर्ने दर्शकहरूको रुचि र कला क्षेत्रका व्यक्तिहरूको ध्यान आकर्षित भएको थियो ।

उनले नेपाल आईडलको पछिका सिजनहरूमा पनि महत्वपूर्ण भूमिका निभाएकी थिइन् । नेपाल आइडल सिजन ३ र चलिरहेको नेपाल आइडल सिजन ५ सम्म आउँदा उनले विभिन्न गायन तथा नृत्य कार्यक्रममा आफ्नो कार्य कौशल देखाइ सकेकी छिन ।


निजन राईको प्रतिभा गायन प्रतिस्पर्धामाथि बाहिर पनि फैलिएका छन् । उनले ‘द भोइस अफ नेपाल सिजन १’ मा आफ्नो विशेषज्ञतालाई प्रदान गरेकी थिइन्, जहाँ उनले शोको प्रतिभाशाली गायकहरूमा आफ्नो ब्रसको जादू छरेकि थिइन् । प्रत्येक प्रदर्शकको शैली र व्यक्तित्वको साथमा मेल खाने उनको प्रतिभा अद्भुत थियो।


म्यजिक भिडियो र चर्चित व्यक्तित्वहरू
निजनको कला सानो पर्दामा पनि बढ्दै गएको छ । उनले मेलिना राई, इन्दिरा जोशी र रचना रिमाल लगायत धेरै चर्चित गायक गायिकासँग सहकार्य गरेकी छन् । उनको मेकअप डिजाइनले म्युजिक भिडियोहरूमा आकर्षण थपेको छ ।

म्युजिक भिडियोको जगतमा निजनले पुजा शर्मा, बर्षा राउत, रीमा बिश्वकर्मा, अञ्जली अधिकारी र अलिषा राई जस्ता चर्चित नायिकाहरुसंग काम गरेकी छिन् । चाहे यो ग्लामर दुनियाँ होस् यता एउटा कलाकारको बाहिरी आवरणलाई कलात्मक शैलीले प्रस्तुत गरेकी निजन राईले आफुलाई मेकअपको संसारमा प्रमाणीत गरेकी छिन् ।


बिभिन्न व्यक्तित्वहरुले पनि उनको कलाको तारिफ गरेको पाइन्छ ।सहज, सरल र मिलनसार भएका कारणले पनि उनलाई सबैले काममा सम्झिने गरेका छन् । विवाहको मेकअप देखी बिभिन्न फोटोसुटहरुमा पनि उनले आफ्नो मेकअप कला प्रस्तुत गरेकी छिन् ।

For More videos Log on to Mazzako TV