बिशालको निर्देशनमा ममताको ‘संग–संगै’ रिलिज
बिशाल अर्यालको निर्देशनमा नयाँ गीत ‘संग–संगै’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा गायिका ममता गुरुङको स्वर सुन्न सकिन्छ । भिडियोमा गायिका ममता गुरुङ र मनोज खड्काको अभिनय रहेको छ । भिडियामा ममता र मनोजलाई लिभिङ टुगेदरमा बसेको जोडीको रुपमा प्रस्तुत गरिएको छ । एक दिन केटालाई सम्बन्ध अल्झेको जस्तो लागेर अपार्टमेन्टमा निरास भएर आउँदा केटीले केटालाई देख्दा मनमा आउँने भावलाई भिडियोमा देखाइएको छ ।अम्बिका गुरुङको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत छ ।
बुधबार रजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो संगै गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ ।
प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुन लगाएको बताए । एउटा गीतकारको भावलाई संगीतकारले जीवन दिने भन्दै उनले शब्दमा प्राण भर्न संगीतकार थापा जहिले सफल रहने गरेको जनाए ।
गीतकार अम्बिका गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।
सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’ मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
For More videos Log on to Mazzako TV