मेचु धिमालको ‘माया नमार’ मा मुन्नी र लुस
गायिका मेचु धिमालको स्वर रहेको ‘माया नमार’ बोलको गीतको भिडियो सार्वजनि भएको छ । मनिष बशिष्ठको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतका एरेन्जर पनि हरि लम्साल नै हुन् ।

गीतको भिडियोमा प्रियना अचार्य ‘मुन्नी’ र लुस बराइलीको अभिनय रहेको छ । भिडियो का निर्देशक निकेश खड्का हुन् । संजित श्रेष्ठको सिनेमाटोग्राफी रहेको भिडियोलाई बिजेश पौडेलले सम्पाद गरेका छन् ।