‘आफु गयौ नेटो काटी’ सार्वजनिक
एकल महिलाप्रति समर्पित गरिएर निर्माण गरिएको म्याजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘आफु गयौ नेटो काटी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतको राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन् ।
साहित्यकार राम लामा ‘अविनाशी’ को शब्द रहेको गीतमा शक्ति बल्लवको संगीत छ । भिडियोका निर्देशक आकाश अधिकारी हुन् । गीतमा स्वर अञ्जु पन्तले दिएकी छिन् । भिडियोमा आकाश अधिकारी र उमा गिरको अभिनय छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको उनको भनाई थियो ।
त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ बर्णन गरेको बताए । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताए । गीतले सामाजिक रुपान्तरणको ‘म्यासेज’ दिन खोजेको उनको भनाई थियो ।
For More videos Log on to Mazzako TV