सन्तोष सुनारको ‘छोए हुन्थ्यो’ सार्वजनिक
सन्तोष सुनारको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘छोए हुन्थ्यो’ बोलको गीतमा सन्तोषको नै शब्द, संगीत दिएका हुन् । सौरभ लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सौरभले नै खिच्ने र सम्पादन गर्ने काम गरेका छन् ।

भिडियोमा सुर्जन टि जी र असिम रानाभाट फिचर रहेका छन्। रईला प्रोडक्सनले तयार पारेको भिडियो निकै बोल्ड बनाइएको छ । सुर्जनले निर्माण गरेको भिडियोमा सागर लामिछाने कार्यकारी निर्माता रहेका छन्।