गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मै राजा तिमी रानी’ बोलको म्युजिक भिडियोमा सन्तोष दहालको शब्द र बिशाल निरौलाको संगीत रहेको छ । गीतका एरेन्जर पनि बिशाल निरौला हुन् । गीतको शब्द संगीत निकै सुमधुर बनेको छ भने स्वरमा पनि कुनै कम छैन ।

गीतको भिडियोमा गायक हिमाल सागर र मोडल पिस पवी प्रस्तुत भएका छन् । उत्सव दहाल र उनको टिमको सिनेमाटोग्राफी रहेको भिडियोमा मिन रावलले सम्पादन गरेका छन् । भिडियोमा रंग सम्योजन बिकाश दहालले गरेका छन् । बिक्रम चौहान म्यजिक भिडियोका निर्देशक हुन् ।

For More videos Log on to Mazzako TV