नेपाल आइडलका किरणको ‘२२ वर्ष’ (भिडियो)
नेपाल आइडल सिजन ४ का गायक किरण भुजेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘२२ वर्ष’ बोलको गीतको भिडियो किरण भुजेल अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।

गीतमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ । किरण आफैले लेखेका गीतका गीतकार देबेन्द्र बराल रहेका हुन् ।उक्त गीतको भिडियोमा किरण र उनकी श्रीमती जेनिशा अधिकारी प्रस्तुत भएका छन् ।अशोक भुजेलको छयांकन रहेको भिडियोका निर्देशक पनि अशोक नै हुन् ।