विकास र उषाको ‘बैंश’ (भिडियो)
‘भ्यालेनटाइन डे’ को अवसर पारेर विकास लामिछाने र उषा उप्रेदीले अभिनय गरेको म्युजिक भिडियो ‘बैंश’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिंहको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिंहको रहेको छ।

म्युजिक भिडियोलाइ बिक्रम चौहानले निर्दशन गरेका हुन्। भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर ,सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ।