गायक राजेश पायल राईले संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको न्याय माग्दै स्टाटस लेखेका छन् । राजेशले लाखौँ प्रेमहरुको सपना नतुहान सरकारलाई खबरदारी समेत गरेका छन् ।

राजेशले यस्तो स्टाटस लेखेका छन् ‘देशमा लाखौं प्रेम आचार्यहरु छन तर दुर्भाग्य एक प्रेमले आत्मादाह गरे यो नराम्रो भयो उहाको आत्माले सान्ती पावोस घर ,आफन्तजनलाई सहन सक्ने सक्ती देउ सुम्निमा पारुहाङ !!
अब रह्यो उनीले किन मृत्यु रोजे यि लाखौं प्रेम हरुको सपना नतुहाउ सरकार !! बाँकी उनलाई न्याय मिलोस !!’

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।

For More videos Log on to Mazzako TV