लोकप्रिय गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका टिका प्रसाईकै रहेको छ ।

भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् ।

भिडियोमा गायक गायिका टिका र नरेन दुबै जना प्रस्तुत छन् । गीतकोे निकै नै सुमधुर बनेको छ । गीत सुन्दा जो कोहीको मन छुन्छ । गायिका टिका गायनसंगै शब्द संगीतमा पनि अब्बल रहेको यो गीतबाट बुझ्न सकिन्छ । यसअघि पनि टिकाले केही गीतमा शब्द र संगीत दिइ सकेकी छिन् । जसलाई दर्शक श्रोताले मज्जाको प्रतिक्रिया दिएका छन्

यसअघि टिकाको ‘नाइ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’ लगायतका गीतले रेकर्डब्रेक समेत गरेका थिए । भने तिमी मलाई मन पर्छ, नतोड न, एउटा कुरा भनुँ , केही हुन्न भेट हुदैमा लगायतका गीतलाई दर्शक श्रोताले अपार माया दिएका छन् ।

For More videos Log on to Mazzako TV