‘तिमी फर्केर आयौ’ मा आकाश, बिकाश र करुणाको कस्तो प्रेम ?
लोकप्रिय गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत छ । गीतका एरेन्जर दीक्षित पौडेल हुन् ।
![](https://i0.wp.com/www.mazzakoonline.com/wp-content/uploads/2022/09/image_6487327-5.jpg?resize=768%2C551&ssl=1)
सार्वजनिक म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ, बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ । प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ ।