‘म तिम्रो परदेशी’ सार्वजनिक
‘म तिम्रो परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ । राम लामा अविनाशीका शब्द, वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेश लामाको स्वर रहेको गीतको भिडियोमा उषा उप्रेती, युवराज खत्री र माया बमको अभिनय छ । सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियोमा कृष्ण पौडेलेको निर्देशन छ । गीतको भिडियो राम लामा अविनाशीको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । राम लामा अमेरिकामा बस्दै आउनुभएको छ ।