रबि ओड र रेखा जोशीको ‘लैजा जोबन’ सार्वजनिक
नेपाल आइडल रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत “लैजा जोबन” सार्वजनिक भएको छ। अबिनाश थापाको शब्द रहेको गीत “लैजा जोबन”मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन ।

“लैजा जोबन”को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन । उक्त भिडियोमा गायक/ गायिका आफै फिचर्ड छन भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका रान मगरको अभिनय रहेको छ । देउडा भाकामा बनेको उक्त गीत बिहिबार रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।