धौलागिरी संगीत उत्सव र श्रष्टा सम्मान हुँदै
“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एवं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” आयोजना हुने भएको छ ।
सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा दिनको १२ः१५ बजेबाट सुरु हुने आयोजक पक्षले जानकारी गराएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्ति लगायत गीत संगीत र हरेक क्षेत्रमा योगदान दिएका धौलागिरीबासीहरुको सहभागिता रहने छ ।

“कार्यक्रम धौलागिरी संगीत उत्सव एवं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा विभिन्न बिधामा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिनेछ भने धौलागिरीका मौलिक संस्कृती पनी प्रस्तुत हुने खबर प्राप्त भएको छ ।
बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको काली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण हुन् । कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा विदेशभर चिनाउन सफल कलाकार विमलराज क्षेत्री, विष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने छ ।
“धौलागिरी संगीत उत्सव एवं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा धौलागिरी राष्ट्रिय सम्मान, धौलागिरी युवा सम्मान, धौलागिरी साधाना सम्मान, धौलागिरी विशेष सम्मान, धौलागिरी साहित्य सम्मान, धौलागिरी खेलकुद सम्मान, धौलागिरी पत्रकारिता सम्मान, धौलागिरी सामाजिक सम्मान लगायत अन्य विधामा नगद राशीसहित सम्मान गरिने जानकारी आयोजक संस्थाका अध्यक्ष कृष्ण समिप सुबेदीले दिए ।
For More videos Log on to Mazzako TV