चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले जापानको फुकुओकामा प्रस्तुती दिने भएको छ । जापानको फुकुओका स्थित ‘इस्काला इस्पासियो’ हलमा नेपालको चर्चित ब्याण्ड ‘द स्याडोज नेपाल’ ले अक्टोबर १० तारिख प्रस्तुती दिनेछ । कार्यक्रमको आयोजक सारङ्गी फुकुओका हो । ‘द स्याडोज नेपाल’ ले २०२२ अक्टोबर १० सोमबारका दिन जापानको फुकुओका तताउँने छ । कार्यक्रम ऐतिहासिक हुनेमा आयोजक संस्था ‘सारङ्गी फुकुओका’ का म्यानेजर बाबुराम गुरुङ ढुक्क रहको बताए ।

जापानको फुकुओकासंगै टोक्यो, नागोया, ओसाका लगायत शहरमा पनि प्रस्तुती रहनेछ । ‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘नयाँ नेपाल’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली केरा’, ‘स्वर्गमा ठाउँ छैन’ लगायत गुञ्जिने छन् । उक्त हलमा बिटियस, जी सोउल ब्रोदर्स लगायत विश्व चर्चित कलाकारहरुले प्रस्तुती दिइसकेका छन् । ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ जडित उक्त हलबाट निस्केको आवाजलाई अझ विशेष बनाउन ‘साउण्ड एब्जर्बिङ अकोस्टिक वाल’ लगाइएको छ ।

जापनको कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको ‘द स्याडोज नेपाल’ को भोकलिस्ट स्पनिल शर्माले बताए । उक्त कार्यक्रमको लागि तयार रहेको उनको भनाइ छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि स्पोन्सरहरु लगभग फाइनल भैसकेको बिक्रम घिसिङ (नवङ) ले बताए । ‘द स्याडोज नेपाल’ प्रस्तुती दिने जापानको फुकुओकामा रहेका नेपालीहरुमा कार्यक्रम उपस्थित गराउँनलाई प्रचार प्रसारलाई पनि तिब्रता दिइएको राजु तामाङले बताए । कार्यक्रमलाई सम्ब र भब्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने भन्दै अहिलेबाटै तयारीमा लागि परेको कार्यक्रम संयोजक शिशिर गिरीले बताए ।

For More videos Log on to Mazzako TV