‘पापाकी परी’ ट्रेण्डिङ मा
‘पापाकी परी’ म्युजिक भिडियो युटुब ट्रेण्डिङको आउन सफल भएको छ । सो भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

शिब हमालको शब्द, आशिष अभिरलको संगीत रहेको सो गीतमा गायिका शुशिला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज सुन्न सकिन्छ । छोटो समयमा यस गीतले लोकप्रियता पाएसंगै विवादमा पनि तानिएको थियो ।
यस म्युजिक भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल, मौसम हिमाली, आशिष अभिरल र शुशिला पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
तीज गीतमा आधारित म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन भने छायांकन नबराज उप्रेतीले गरेका छन् । भिडियोको एउटा दृश्यलाई लिएर चर्को आलोचना खेप्नुपरेको थियो ।