नेपालीहिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीजआयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको छ। भने कुशल गीतार बादक, गायकतथा संगीतकार अनिलशाहीको संगीतसंगै एरेञ्जपनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकीचर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् ।भिडियोमागीताको साथमागायिकामोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्दअनुसार हरेक वर्ष घुमेर आउने तीजपर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमागीता र मोदिकाधपक्कै बलेका छन् ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियोटिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहनमानन्धरको सिनेमाटोग्राफी, इडिट तथाकलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियो मौसबीक्रियशन युट्युव च्यालनबाट सार्वजनिकभएको हो ।

यस भन्दा अगाडी मौसाबीक्रियशनमागीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायतगीतहरु सार्वजनिकभइसकेका छन् । गीत संगीत क्षेत्रमै विगत १५ वर्षदेखीलागिरहेका भुवनले गीतएल्बम ‘शित’ १३ वर्ष अगाडी निकालेका थिए । उनको शब्दमाकरिव ३० वटा गीतहरु रेकर्ड गराइसकेका छन् ।

For More videos Log on to Mazzako TV