गायिका तारा थापा र गायक बिबेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन्।

पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर बिस्ट,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्। नबिन निरौलाले सम्पादन गरेको भिडियो उत्कृस्ट बनेको छ। यसपालिको तीजमा हिन्दु नारीहरुले यो गीतमा राम्रै मनोरंजन गर्ने निर्माण पक्षको आशा रहेको छ।

For More videos Log on to Mazzako TV