रचनाको स्वरमा ‘चाहन्छु २’ समारिका र रबिनको अभिनय
गायिका रचना रिमालको स्वरमा ‘चाहन्छु २’ बोलको गीतमो म्युजिक भिडियो सार्वजनिाक भएको छ । यसअघि प्रताप दासको स्वरमा मेल भर्सन ‘चाहन्छु २’ सार्वजनिक भएको थियो । सरोज पोख्रेलको शब्द संगीत रहेको ‘चाहन्छु २’ मा अमोस तामाङको एरेन्ज रहेको छ । रचना रिमालको स्वरमा यो गीत निकै सुमधुर सुनिएको छ । यसअघि ‘चाहन्छु’ को पहिलो पार्टमा पनि मेल भर्सनमा प्रताप दास र फिमेल भर्सनमा रचना रिमालकै स्वर रहेको थियो ।

सार्वजनिक भिडियोमा रबिन पोख्रेल र समारिका ढकालको अभिनय रहेको छ । साथै बाल कलाकार अकेशा पोख्रेलको पनि अभिनय रहेको छ । सर्पोटिङ रोलमा नबिन प्रोख्रेल र बिमल सापकोटा छन् ।
भिडियोका निर्देशक सत्यराज चौलागाँई हुन् । सत्यराजले यसअघि दजनौ भिडियो निर्देशन गरिसकेका छन् । भने, नेपाली फिल्म ‘अनुराग’ उनि निर्देशित पहिलो फिल्म हो । उनको अर्काे फिल्म ‘अन्तरे’ निर्माणको तयारी भइरहेको छ ।








