अभिनेता आमेश भण्डारीले आफ्नै स्वर, शब्द र संगीतमा ‘वरिपरि’ बोलको गीत सार्वजनिक गरेका छन् । ‘वरिपरि’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा आमेश र अञ्जना श्रेष्ठ फिचर्ड छन् ।

भिडियोमा आमेश र अञ्जना रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियोको निर्देशन र कोरियोग्राफी हेमन गुरुले गरेका हुन् । अनिल के.मानन्धरले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् ।

आमेश भण्डारीले यस अगाडी पनि केही गीतहरु गाएका छन् । यो भिन्न प्रकारको गीतबाट भने आफु आशावादी रहेको आमेश बताउँछन् ।

For More videos Log on to Mazzako TV