सुन्दर हमालको प्रस्तुतिमा नयाँ लोक तथा दोहोरी गीत ‘उखुम भयो नि’ सार्वजनिक गरिएको छ। अस्मिता अधिकारी र तिलक बम मल्लको स्वर रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री आंचल शर्मा र मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन्। डान्सिङ्ग बिटको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ।

सुनिल क्षेत्रिको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोको छायाँकन करण चैंसिरले गरेका हुन्। भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्। सुन्दर हमालले यस अघि पनि थुप्रै गीत संगीत सार्वजनिक गरि सकेका छन्।

उनको शब्द संगीतमा सईले,उनको संगीतमा आऊन मायालु,शब्द संगीतमा जहाज उडेर,पन्चे बाजा गीत कहिले पुग्ला धन लगाएत उनका चर्चित गीतहरु हुन्। उनि नेपाली लोक संगीतमा लामो समय देखि सक्रिय रहँदै आएका छन्। ‘उखुम भयो नि’ को भिडियो सुन्दर हमाल अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

For More videos Log on to Mazzako TV