बेनिशा पौडेलको ‘मेरो माया’ सार्वजनिक (भिडियो)
‘नेपाल आइडल सिजन ४’ को टप ७ बेनिशा पौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बेनिशाले आफ्नै अफिसियल युटुब च्यानलमा ‘मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । बेनिशाको आफ्नै शब्द, संगीत र स्वर रहेको यस गीतको भिडियोमा उनकै अभिनय देख्न सकिन्छ । बिगत ४ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय बेनिशाले थुप्रै गीतहरु गाइसकेकी छिन् ।

अनिल के मानन्धरले निर्देशन गरेको भिडियोमा नेपालको प्राकृतिक दृश्यलाई वर्णन गरिएको छ । रोशन बिकेले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा प्रेमीले छोडेर गएपछि प्रेमिका मायाको पर्खाईमा रहेको कथा देखाउन खोजिएको छ ।








