गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ बर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ । तर, ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडियो मेकिङ गर्दै नयाँ स्वरुप दिएको छ ।

धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ । किर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा बोल्दै धिरजले भने–‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो ।

युट्युबमा गएर गीत खोज्दा २५ बर्ष अगाडिको पुरानो भिडियो मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।’ धिरजले आफूलाई अन्य थुप्रै कम्पनीले भिडियोेको लागि प्रस्ताव गरेपनि तयार नभएको सुनाए ।


भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउने खुशीको कुरा भएको बताइन् ।निर्देशक माइकल चन्दले पनि यो गीतको भिडियो निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुबै भएको सुनाए । कार्यक्रममा शुभकामना दिदै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरुले उत्कृष्ट काम गरेको बताए ।

For More videos Log on to Mazzako TV