गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ नयाँ रेकर्ड बनाएको छ । सर्वत्र चर्चामा रहेको गीतलाई एक सातामै एक करोडले हेरेका छन् । माओवादी जनयुद्धको विषयलाई समेटेर प्रकाश सपुतले बनाएको गीत ‘पिर’ नै अहिले सम्मकै छोटो समयमा एक करोड क्लबमा प्रबेश गर्ने गीत बनेको छ । ‘पिर’ गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब मा पुगेको हो ।

माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् । माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् । यसमा प्रयोग गरिएको केही दृश्यलाई माओवादी लगायतले आपत्ती जनाए पनि गीतको चर्चा घटेको छैन ।

For More videos Log on to Mazzako TV