महानायक राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

महानायक हमालले यसअघि पनि एउटा गीतमा स्व दिइसकेका छन् । गोविन्द भट्टको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियोमा राजेश हमालसँगै उत्तम के.सी, शिवराज कार्की, सुरेन्द्र कुमार दाहाल, गोविन्द भट्ट र सुनिल देवकोटा लगायत कलाकारहरूको अभिनय छ । गाउँले परिवेशलाई प्रस्तुत गरिएको गीतको भिडियोलाई गरीमा फिल्मस युट्युब च्यानल बाट रिलिज गरिएको छ ।

For More videos Log on to Mazzako TV