राज गोस्वामीको ‘बादलहरू’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै राज गोस्वामीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको रचना नायिका सुरक्षा पन्तको रहेको छ । मानव सुवेदीको संगीत गीतमा समावेश छ ।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए ।

भिडियोलाई निर्देशक मानव सुवेदीले निर्देशन तथा सम्पादन गरेका हुन् । साथै , भिडियोमा देखिएका र सुनिएका पटकथा एवं संवाद अभिनेत्री पन्तकै हो । भिडियोमा सुरक्षा पन्त, घनु जोशी र राज गोस्वामीले अभिनय गरेका छन् । विगट गाउँमा बिजुली बत्ती पुग्दाको खुसीयाली भिडियोमा देख्न सकिन्छ ।

निर्देशक मानव सुवेदीले देखिरहेको क्यानभासमा आफूलाई फरक कथा भन्ने रुचि लाग्ने र ‘बादलहरु’को भिडियोमा पनि आफूहरुले देखे सुनेकै कथा प्रस्तुत गरेको बताएका थिए । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन् ।

For More videos Log on to Mazzako TV