मेलिना र शान्तिमको ‘मेरो माया’ मा सुधिर र सुशीला
गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको स्वरमा ‘मेरो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीत रहेको गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ र सुशीला थापाको रोमान्स रहेको छ । प्रेमील जोडी बिचको मनोभावलाई गीतमा प्रस्तुत गरिएको छ । सुधिर र सुशीलाको केमेष्ट्रि निकै मज्जाको देखिएको छ । निशान घिमिरेको निर्देशन तथा सम्पादन रहेको भिडियोका छायाकार निश्चल पौडेल हुन् ।








