समिर र ममताको ‘सातै जुनी’ (भिडियो)
गायक समिर लिम्बु र गायिका ममता गुरुङको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक समिर लिम्बुको अफिसियल युटुब च्यानलमा ‘सातै जुनी’ बोलको गीत रिलिज भएको हो । सुमन्ता गजमेरको शब्द रहेको गीतमा कमल रसाइलीले संगीत भरेका हुन् । गीतमा संगीत संयोजनको काम भने महाराज थापाले गरेका छन् ।

गीतको भिडियोमा गायक गायिका समिर र ममतानै प्रस्तुत भएका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई अनिल राना मगरले सम्पादन गरेका हुन् ।








