युवराज चौलागाईं र अन्जलीको ‘छुटेपछि छुट्यो छुट्यो’ (भिडियो)
लोकप्रिय गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार युवराज तथा गायिका अनुष्का पाठकको स्वर रहेको ‘छुटेपछि छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियोसार्वजनिक भएको छ । गायक चौलागाईंको अफिशियल युट्युब च्यानल मार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

दीपिका रिमाल थापाको शब्द रहेको गीतमा गायक युवराज स्वयमको संगीत रहेको छ । उदयराज पौडेलकोसंगीत संयोजन रहेकोे गीतमा महाराज थापाको मिक्सिङ तथा माष्टरिङ छ । गीत निकै सुमधुर रहेको छ । गीतको अडियो पक्ष सुन्दा बलियो लाग्छ ।
भूषण दाहालको निर्देशन रहेको म्यूजिक भिडियोमा गायक चौलागाईं र अभिनेत्री अन्जली अधिकारीको साथमा दीपक विष्टको समेत अभिनय रहेको छ । कुमार कटवालले छायांकन गरिएको उक्त भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन् ।








