बिदेश गएको युवाको पिडाको कथा ‘बिरानो देश’ (भिडियो)
रोजगारीको सिलसिलामा बिदेश गएको युवाको पिर र व्यथा समेटेर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिदेशमा भएको श्रीमान र स्वदेशमा रहेकी श्रीमतिकोे मनोभाव र मनोदशालाई प्रस्तुत गरेका गीतको अडियोमा स्पष्ट सुन्न सकिन्छ । गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ।

ड्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियो निकै आकर्षक र मनछुने बनेको छ। सनम कठायत र रोश्नी कार्कीको अभिनयले भिडियोमा थप प्राण भरेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।








