‘बले’को रुवाउँने गीतको भिडियो सार्वजनिक
सागर लम्साल ‘बले’ तथा सुप्रिया खनाल अभिनित ‘कहानी एकादेशको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो प्रेम दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलि गरिएको हो । दीपक सापकोटा भन्जाको शब्द संगीत र निशान भट्टराईको स्वर रहेको गीतको भिडियो द प्रिमियर प्रोडक्सन युटुब च्यानलमा हेर्न सकिने छ ।

रिलिज अघि नै चर्चा पाएको यस गीतको भिडियो सुटिङमा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो । उक्त क्लिपले निकै चर्चा पाएको थियो ।
दीपक प्रसाद आचार्य ‘काकु’ को निर्देशनमा गीतको भिडियोमा सागर, सुप्रियासंगै दीपकप्रसाद आचार्य, सन्देश लामिछाने, भावना आचार्य ‘लुरी’, शालिकराम भण्डारी लगायतकाको अभिनय रहेको छ । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।








