गायक बिशम आचार्य र गायिका श्रद्धा प्रसाईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द, संगीत रहेको ‘लाग्दैन मलाई तिम्रो भर’ बोलको गीतको भिडियो बिशम आर्यायको युटुब च्यानलमा रिलिज भएको हो । गीतका एरेन्जर पनि बिशम आयार्यनै हुन् । गीतको अडियो निकै दम्दार छ ।

बिशाल थापाले खिचेको गीतको भिडियोलाई ज्वाला राईले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा गायक बिशम आचार्य, गायिका श्रद्धा प्रसाई आफै देखिएका छन् । भने बिकाश लिम्बु, ज्वाला राई र दिपक तामाङले साथ दिएका छन् । भिडियो ८० को दशकको शैलीमा निर्माण गरिएको छ । भिडियो निकै मज्जाको बनेको छ । भिडियोका निर्देशक सुरज तामाङ हुन् ।

For More videos Log on to Mazzako TV