चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को युटुब च्यानल ‘भिटेन म्युजिक’ रिकभर भएको छ । उनको च्यानल ५ दिन अघि ह्याक भएको थियो । ‘भिटेन’ को च्यानल पाकिस्तानी ह्याकरले ह्याक गरेको बताइएको छ । ह्याक भएको ५ दिनपछि राजु दंगालले ‘भिटेन’ को युटुब च्यानललाई रिकभर गरेका हुन् ।


रिकभर गर्ने राजु दंगलाका अनुसार ह्याक गर्ने पाकिस्तानी ‘इथोरियम’ क्रिप्टो करेन्सीको युजर हुन् । उनहरुले च्यानल ह्याक गरेर सस्पेण्ड गरेर आफ्ना प्रोडकको प्रमोशन गर्नेगरेको रिकभर गर्ने राजु दंगालले बताए । भिटेनको युटुब च्यानलमा अहिले सम्ममा १.६३ मिलियन सस्क्राइबर रहेको छ ।

For More videos Log on to Mazzako TV