पल र प्रमिलाको ‘तिमीसंगै’ (भिडियो)
गायिका मेलिना राई र प्रदिप कार्कीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । डम्बर बिकलको शब्द, रिमेश कुमारको संगीत रहेको ‘तिमीसंगै’ बोलको गीतको भिडियो हालै ‘एसआरसी फिल्म’ युटुब च्यानलमा सार्वजनिक भएको हो । गीतका एरेन्जर बिश्व अधिकारी हुन् ।

सार्वजनिक गीतको भिडियोमा पल शाह र प्रमिला क्षेत्रीको अभिनय रहेको छ । पल र प्रमिलाको जोडी सुहाएको छ । यी दुईको केमेष्ट्रि मज्जाको देखिएको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोका सम्पादक नबिन निरौला हुन् । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सुरेन्द्र बसेलले गरेका छन् ।








